सुनको मूल्यमा नयाँ कीर्तिमान

लुम्बिनीको संसद् अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

रूपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार राति अन्त्य भएको छ ।

प्रदेशसभामा पेश भएको बजेट सहमतिमा पास गर्न सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि बिहीबार एमालेले सदन बहिष्कार गरेर हिँडेको थियो । 

एमालेले बहिष्कार गरेपछि केही समय स्थगित भएको प्रदेशसभा पछि सूचना टाँसेर आज दिउसो १ः०० बजेसम्मका लागि स्थगित भएको थियो । शुक्रबार राति मन्त्रिपरिषद् बैठक बसेर संसद् स्थगित गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सदन अन्त्य गर्न सिफारिस गरेको थियो । 

सरकारको सिफारिसलाई प्रदेश प्रमुख यादवले संविधानको धारा १९३ को उपधारा (२)  बमोजिम आठौं अधिवेशन अन्त्य गर्नु भएको छ । योसँगै लुम्बिनीको बजेट अध्यादेशबाट आउने भएको छ । 

सदनमा सहकार्य गर्न, सहमति गर्न प्रतिपक्ष तयार नभएकाले बाध्य भएर सरकारले यो बाटो रोजेको एमाले सचेतक भुमिश्वर ढकालले बताउनुभयो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ०४ बजे