‘एउटै नाउरको सिकार गर्न २३ लाख’

रुसी खोप लगाउन नाइजेरियामा पनि अनुमति

मस्को – नाइजेरियाले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप स्पुत्नीक भी लगाउन अनुमति दिइएको छ ।

आफूहरूले उत्पादन गरेको खोप लगाउन नाइजेरियाले स्वीकृति दिएको जानकारी आफूहरूलाई प्राप्त भएको रुसको खोप उत्पादक निकायले उल्लेख गरेको छ । 

खोपको विकास गरेको रुसी निकाय “रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट” ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ । 

यसअघि अरु ६७औँ देशले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप लगाउने अनुमति दिएका थिए भने अधिकांशले प्रयोग पनि गरिसकेका छन् ।

स्पुतनीक भी प्रयोग गर्दै आएका देशहरूले यो खोप धेरै प्रभावकारी र विश्वसनीय भएको विवरण पठाएको पनि रुसी अधिकारीहरूले जानकारी दिएका छन् । 

विभिन्न परीक्षण तथा सर्वेक्षणहरूले पनि स्पुतनीक भीको प्रभावकारीता र विश्वसनीयता उच्च रहेको देखाएका छन् । 

धेरै देशमा पटक पटक परीक्षण गरेर सकारात्मक नतिजा आएपछि मात्रै यो खोप प्रयोगका लागि अनुमति दिएको हो । 

कोरोनाभाइरसको महामारी न्यूनीकरण गर्न यो खोपको ठूलो योगदान रहेको पनि रुसी अधिकारीहरूले दाबी गर्दै आएका छन् ।  

अफ्रिकी देशहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियाले समेत स्पुतनीक भी खोप लगाउने भएपछि यो खोपका उपभोक्ताहरूको सङ्ख्या ठूलो हुने रुसी अधिकारीहरूको भनाइ छ । 

रासस÷एएनआई

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ११ : ११ बजे