दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रदेश नं २ : दुई विधेयक प्रमाणीकरण, दुई फिर्ता

धनुषा – प्रदेश नं २ का प्रमुख डा राजेश  अहिराजले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ भने दुई  फिर्ता पठाउनुभएको छ ।  

प्रदेशसभाबाट पारित भई आएका    ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’  प्रमाणीकरण गरिएको हो । 

त्यसैगरी उहाँले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाउनुभएको हो । डा अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाउनुभएको थियो । ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

रासस

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : ०८ बजे