दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राससका प्रधानसम्पादकमा पाठक

काठमाडौँ ।  राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त हुनुभएको छ । हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य उहाँले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गर्नुभएको हो । 

पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिनुभयो । साथै महाप्रबन्धक सिद्धराज राई एवं नवनियुक्त नायब महाप्रबन्धकहरुले पनि उहाँलाई बधाई दिनुभयो । हाल प्रधानसम्पादक रहनुभएका श्यामप्रसाद रिमाल ११ औँ तहको नायब महाप्रबन्धकमा बढुवा हुनुभएको छ । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा हुनुभएकामा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिनुभएको छ ।

 हाल रासस आलेख शाखाका प्रमुख पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नुभएको थियो ।  उहाँसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकका लेखक पाठकले यसअघि राससका उपप्रमुख समाचारदाता, अन्तरराष्ट्रिय समाचार डेस्कका प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गर्नुभएको छ । त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त हुनुभएको छ । 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ३ : ४६ बजे