सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले संसदीय दलको बैठक भोलि बस्दै, देउवालाई समर्थन गर्नेलाई पनि बोलाईयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक बोलाइएको छ । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।

बैठकमा देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको  उहाँले जानकारी दिनुभयो । सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएबमोजिम सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आहवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्दैछ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ३ : १२ बजे