सुनको मूल्यमा नयाँ कीर्तिमान

विप्लवलाई भेटेपछि दंङ्ग माधव 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव र माधवकुमार नेपाल बीच भेट गराउनुभएको छ । 

आज बिहान साढे दस बजेट विप्लवलाई लिएर माधवको कोटेश्वर स्थित घरमा प्रचण्ड पुग्नुभएको हो । 

अहिले विप्लव, प्रचण्ड र माधवबीच छलफल भइरहेको बताइएको छ । विप्लवको साथमा धर्मेन्द्र बाँस्तोला पनि हुनुहुन्छ ।

प्रचण्ड र विप्लवको बुधबार भेट भएको थियो । प्रचण्डलाई भेट्न विप्लव बुधबार खुमलटार स्थित प्रचण्ड निवास पुग्नुभएको थियो । उहाँहरु बीच लामो छलफल भएको थियो । लगत्तै भोलिपल्ट विप्लव, माधव र प्रचण्ड बीच त्रिपक्षीय छलफल भएको हो । 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ११ : ०३ बजे