सुनको मूल्यमा नयाँ कीर्तिमान

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

दिउँसो २ बजे सिंहदरबारमा बस्‍ने बैठकमा संसद्‌ अधिवेशन आव्हानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी भएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।  यसअतिरिक्त आजको बैठकमा कोरोना महामारी नियन्त्रणलगायतका विषयमा खोप व्यवस्थापनको विषयबारे समेत छलफल हुने कार्कीले बताए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : ५३ बजे