सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी, प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी गरिएको छ। त्यसका लागि आज काठमाडौँ, भक्तपुर र ललितपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको  बैठक बस्न लागेको हो  । 

दिउँसो १:०० बजेपछि बस्ने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने विषयमा पनि छलफल हुने बुझिएको छ । उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालन भइरहेको छ। 

काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भनेर गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ः०० बाट सकिँदैछ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : ४८ बजे