‘एउटै नाउरको सिकार गर्न २३ लाख’

 पेट्रोलियम पदार्थको मूल्य घट्यो

 काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

निगमले विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको हो। मूल्यवृद्धिको विषयलाई लिएर नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु लगायतले आन्दोलन सुरु गरेका थिए ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजल तथा मट्टीतेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।
 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : २२ बजे