सुनको मूल्यमा नयाँ कीर्तिमान

लाज नहुनेले नयाँ सरकार बनेपछि खोप ल्याउँछौ भने : अध्यक्ष ओली

काठमाडौं– निर्वतमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवैलाई पुग्ने खोपको व्यवस्था आफनो नेतृत्वको सरकारले गरिसकेकाले कसैलाई खोपको कमि नहुने बताउनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि उहाँले कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, लाज नहुनेले नयाँ सरकार बनेपछि खोप ल्याउने रे, हामीले सवै नेपालीलाई पुग्ने खोपको व्यवस्था गरिसकेका छौ । खोपको कुनै कमि छैन, मैले हिजो नै भनेको थिए, खोपको व्यवस्था मैले गरिसकेको छु विभिन्न देशबाट छिटै खोप आउँछ तर यिनीहरुले मैले ल्याए भन्ने छन ।’

अध्यक्ष ओलीले आफु अहिलेसम्म चुनाव जितेर मात्रै प्रधानमन्त्री बनेको बताउनुहुँदै भन्नुभयो, ‘म निवेदन हालेर, परमादेश पाएर झालझेल गरेर बनेको प्रधानमन्त्री होइन ।’ हामी गौरव र शानका साथ काम गर्छौ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : १९ बजे