सुनको मूल्यमा नयाँ कीर्तिमान

निर्वतमान प्रधानमन्त्री ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका छन् ।

ओलीलाई स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पुर्‍याउने भन्दै एमाले कार्यकर्ताहरु भेला भएका हुन् । ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओलीले बालुवाटार छोडनुभएको हो । 

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ११ : ५४ बजे