सुनको मूल्यमा नयाँ कीर्तिमान

निर्वतमान प्रधानमन्त्री ओलीको भव्य बिदाई हुँदै, बालकोट सर्दा ठुलो संख्यामा सर्वसाधरण सहभागि हुने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने हुुनुभएको छ ।
३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर ओली आज बालकोट निवास सर्न लाग्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो । सर्वोच्च अदालतको र्फैसलापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई युवा संघ नेपालसँगै अन्य सर्वसाधरणको ठुलो संख्याले बालुवाटारबाट बिदाई गदै बालकोट पुरयाउने कार्यक्रम छ । 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ५५ बजे