सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवाको शपथ समारोहमा ओली अनुपस्थित, यस्तो छ कारण

काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली  नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाको शपथ ग्रहण समारोहमा विशेष कारणले नजानुभएको बुझिएको छ । राष्ट्रपति भवन शितल निवासमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सपथ ग्रहण समारोहमा ओली नजानु भएको हो । 

प्रधानमन्त्री निकट एक नेताका अनुसार अदालतले छानेको प्रधानमन्त्री भएकाले ओली सपथ समारोहमा नजानुभएको हो । ‘शेरबहादुर देउवा स्वाभाविक प्रकृयाबाट प्रधानमन्त्री बन्नुभएको होइन, उहाँ चोरबाटोबाट प्रधानमन्त्री बन्नुभएको हो, त्यसैले केपी ओली सपथ समारोहमा नजानुभएको हो’ – ती नेताले भने ।

ओलीले सर्वोच्च अदातलको फैसला उपर गम्भीर विमति जनाउनुभएको छ । सर्वोच्च अदालतले संविधान नै संशोधन गरेको आरोप लगाउनुभएको छ । 

‘संविधान अनुसार, प्रतिनिधि सभाको बहुमत अनुसार जो प्रधानमन्त्री बनेको भए पनि उहाँ (केपी शर्मा ओली) सपथ समारोहमा जानुहुने थियो, तर, गैरसंवैधानिक बाटोबाट प्रधानममन्त्री चयन भएकाले नजानुभएको हो ।’ उनको भनाई थियो । 

तर केपी शर्मा ओलीले यसअघि प्रधानमन्त्रीमा शपथ लिदा देउवासहित पूर्व प्रधानमन्त्रीहरु पनि अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : २४ बजे