सुनको मूल्यमा नयाँ कीर्तिमान

नवनियुक्त प्रधानमन्त्री देउवासँगै चारमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ, यस्तो छ टीम

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ। उहाँलाई आजै राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । आज साँझ प्रधानमन्त्रीमा देउवासँगै अन्य चारजना मन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । त्यस्तै बालकृष्ण खाँडलाई गृहमन्त्रालय, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, नेकपा माओवादी केन्द्रबाट  जनार्दन शर्मा प्रभाकरलाई  अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 
 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ५७ बजे