सुनको मूल्यमा नयाँ कीर्तिमान

शपथ नलिदै गठबन्धनमा किचलो : देउवा, प्रचण्ड, माधव, उपेन्द्र छुट्टै छलफलमा

काठमाडौं । सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीमा नियुक्त भएका शेरवहादुर देउवाले शपथ ग्रहण नलिदै किचलो शुरु भएको छ । राष्ट्रपति कार्यालयमा साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने तयारी गरिएको भएपनि मन्त्रालयको भागबण्डामा कुरा नमिलेपछि उनीहरु अहिले छुटटै छलफलमा रहेको स्रोतले बताएको छ । प्रधानमन्त्रीका लागि शपथ ग्रहणमा धारा उल्लेख नगरिएको भनेर बाहिर चर्चामा ल्याइएपनि उनीहरुको गठबन्धनभित्रै समस्या भएकाले शपथ ग्रहण कार्यक्रम ढिलो भएको बुझिएको छ । गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ छुटटै छलफलमा जुटनुभएको एक नेताले चक्रपथलाई बताउनुभयो ।

यता राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिज्ञप्तीमार्फत राष्ट्रपतिले सर्वोच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको जानकारी दिनुभएको छ । घिमिरेका अनुसार देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त हुनुभएको हो भन्ने खुलाइएको छैन । राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि धारा ५ अनुसार नै देउवा प्रधानमन्त्री बन्नुभएकाले धारा त्यो स्वत आउने भएकाले विज्ञप्तीमा उल्लेख नगरिएको उहाँले बताउनुभएको छ । 

शपथ ग्रहणका लागि तयारीमा बसेको शितल निवासले गठबन्धनका नेताहरुबीच सहमति हुनेवितिकै पद तथा गोपनियताको शपथ गराउने स्रोतले बताएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ५६ बजे