सुनको मूल्यमा नयाँ कीर्तिमान

खाँडलाई गृह,कार्कीलाई कानुन,शर्मालाई अर्थ र भुसाललाई ऊर्जाको जिम्मेवारी !

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड मन्त्री बन्दै छन्  । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड मन्त्री बन्ने पक्का पक्की भएको हो ।

मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले केहीबेरपछि  सपथ लिँदैछन् । प्रधानमन्त्री देउवाले मंगलबार बालकृष्ण खाँडलाई गृहमन्त्रालयको जिम्मेवारी दिने गरी शपथ गराउने भएका हुन्। त्यस्तै कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

नेकपा माओवादी केन्द्रबाट  जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइने बताइन्छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ०४ बजे