साफ यू–१७ च्याम्पियनसिप आजदेखि

संरक्षित वन्यजन्तु कस्तुरीको विना सहित २ जना पक्राउ

काठमाडौं – ललितपुर गोदावरी नगरपालिका-१४ ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने २५ ग्राम तौल भएको १ थान आखेटोपहार सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

            पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका-४ बस्ने ४८ वर्षीय लाल बहादुर घलान र झापा गौरीगंज गाउँपालिका-३ बस्ने ३५ वर्षीय उदय कुमार कोइराला रहेका छन् ।  

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको   छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : ४८ बजे