सुनको मूल्यमा नयाँ कीर्तिमान

मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको बताउनुभएको हो । 

सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन, अहिले एकछिन बादल लागेको छ, तर बादल हटाएर फेरि सूर्य उदाउने छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले मुलुक, जनता र संबिधानबिरुद्ध भइरहेको सवै खाले षडयन्त्रलाई एमालेले चकनाचुर पार्ने र समृद्धिको यात्रालाई कसैबाट पनि कमजोर पार्न नदिनका लागि निरन्त्र खवरदारी गर्ने घोषणा पनि गर्नुभयो । उहाँले सवैखाले षडयन्त्रबिरुद्ध आफू र आफ्नो दल एमाले चट्टान बनेर खडा हुने घोषणा पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी पनि दिनुभयो । आफ्नो नेृतत्वको सरकारले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी राखेको उहाँको भनाई थियो । ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्‍यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको र भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै अमेरिकबाट उपहारस्वरूप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको प्रधानमन्त्रीको भनाई थियो ।

यसका लागि उनले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिनुभएको छ । त्यस्तै नेपालको विकास साझेदार मित्रराष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई पनि ओलीले धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई धैर्यता नगुमाउन र संयमता अपनाउन आग्रह गर्नुभएको छ ।
 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ५१ बजे