सुनको मूल्यमा नयाँ कीर्तिमान

आफ्नै टिमका खेलाडीले गद्दार गरेर गोल पोष्ट खाली गरिदिए : प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले भित्रैका केही गद्दारहरुका कारण एमालेको सरकार ढलेको बताउनुभएको छ । 

 प्रधानमन्त्री ओलीले नेपाल समूहप्रति इंकित गर्नुहुँदै   देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएको र अदालतमा समेत त्यसको पक्षमा उभिएर आफ्नै पार्टीको सरकार ढालेको बताउनुभयो ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्नुहुँदै ओलीले भन्नुभयो,‘ आफ्नै टिमका खेलाडीले अर्को टिमको खेलाडीलाई बल पास गरिदिए। बल रोक्न छाडेर गोल पोष्ट नै खाली गरियो। यस किसिमका आपराधिक काम गरियो। विपक्षी दलको नेताको पक्षमा हस्ताक्षर गरियो, त्यसका पक्षमा सम्मानित अदालतमा उभिन गए ’

आफ्नो पालामा देशमा विकासको लहर छाएको र मुलुकको संभ्रुभुता समेत बलियो भएको  देख्न नसकेर  आफ्नो सरकार ढाल्न अनेक प्रपन्च रचिएको बताउनुभयो । 

उहाँले आफू अदालतको फैसलाबाट विचलित नहुने पनि बताउनुभयो । विश्वको इतिहासमै अदालतबाट प्रधानमन्त्री तोक्ने र हटाउने काम भएको भन्दै यसको जवाफ जनताले चुनावबाट दिने उहाँले बताउनुभयो । 

ओलीले एमालेका शुभचिन्तक र  कार्यकर्तालाई नआत्तिन अपिल गर्दै केही समय लागेको बादल आफै हटेर सुर्य उदाउने बताउनुभयो । 

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ३७ बजे