सुनको मूल्यमा नयाँ कीर्तिमान

हामीले खोपको शुनिश्चितता गरेका छौ, भोलिदेखि हामीले ल्यायौँ भनेर तमासा देखाइने छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोभिड नियन्त्रणमा पुर्याइएको बताउनुभएको छ । उहाँले आफू सरकारमा रहँदा भएका पहलकदमीले अब डेढ करोड खोप आउने शुनिश्चि भएको र लगातार खोप आइरहेको बताउनुभयो । 

उहाँले हालसम्म १ करोड ५० लाख डोज खोप आयातका लागि सरकारले काम गरेको बताउनुभयो ।

आज मात्रै जापानबाट १६ लाख डोज खोप प्राप्त हुने घोषणा भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । 
प्रधानमन्त्री ओलीले नेपाललाई खोपको अभाव हुन नदिने गरी सरकारले व्यवस्थापनको काम गरिसकेको बताउनुभयो । 

सरकारले कोभ्याक्स सुविधा अन्तर्गत र किनेर ल्याउने गरी नेपाली नागरिकलाई पुग्ने खोपको शुनिश्चितता गरेको र त्यो अब निरन्तर आउने बताउनुभयो । ओलीले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने तयारी पनि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो कुरा प्रचारको लागि नभनेको बताउनुभयो । उहाँले भन्नुभयो हामीले खोप शुनिश्चित गरेका छौ र त्यो लगातार आइरहने छ तर भोलिदेखि ओली सरकार ढल्नेबित्तिकै हामीले खोपको व्यवस्थापन गर्‍यौँ भनेर तमासा देखाइने छ ।’

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : १७ बजे