सुनको मूल्यमा नयाँ कीर्तिमान

विडम्बना : विश्वको इतिहासमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै इतिहासमा पहिलो पटक सर्वोच्च अदालतबाट प्रधानमन्त्री तोकिएको बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले भएको सरकार ढालेर अदालतले नयाँ सरकार घोषणा गर्नु देशकै लागि बिडम्बना भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मलाई सरकारबाट जनताले हटाएको हैन, फेरिपनि म भन्छु जनतामा जाने दिन आओस यी कुराको फैसला जनताले त्यतिबेला दिने छन् । आज म आदेश परमादेशबाट सरकारबाट हटेको छु ।’ 

‘मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।’

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : १२ बजे