साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जापानले नेपाललाई  एस्ट्राजेनिकाको १६ लाख डोज खोप दिने

काठमाडौँ । जापान सरकारले नेपाललाई एस्ट्राजेनिकाको १६ लाख डोज खोप दिने भएको छ।

कोभ्याक्स कार्यक्रमअन्तर्गत जापानले उक्त सहयोग गर्न लागेको हो। एसियाली मुलुकहरुलाई उपलब्ध गराइने भनिएको एक करोड १० लाख डोजअन्तर्गत नेपाललाई उक्त मात्रामा उपलब्ध हुने जापान सरकारले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाउँमा संवोधन गर्नुहुँदै जापान सरकारले नेपाललाई खोप उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले उक्त  खोप पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएकाहरुलाई लगाइने बताउनुभयो । 

उक्त खोप जापानले नेपाललाई जुलाईको मध्यदेखि एक महिनाभित्र उपलब्ध गराउने छ। एस्ट्राजेनिका खोप कोभिशिल्डको पहिलो डोज लगाएकाले दोस्रो डोजका रुपमा प्रयोग गर्न मिल्न‍े छ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ०९ बजे