सुनको मूल्यमा नयाँ कीर्तिमान

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा आयो : प्रधानमन्त्री

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताउनुभएको छ ।  

उहाँले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताउनुभयो ।प्रधानमन्त्रीका रूपमा देशबासीका नाउँमा अन्तिम सम्बोधन गर्नुहुँदै ओलीले भन्नुभयो  ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’ 

उहाँले पछिल्ले समय भइरहेको दलीय प्रणालीमाथि भएको खेलाचीप्रति आफु चिन्तत रहेको बताउनुभयो ।  
प्रधानमनत्री ओली आफुले इमान्दारीपूर्वक काम गरेको र महामारीको असहज परिस्थितिमा पनि विकासको गतिलाई नरोकेको बताउनुभयो । उहाँले खोप नियनत्रणको चरणमा मुलुक पुगेको भन्दै दुई करोड खोपको शुनिश्चितता गरेको बताउनुभयो । मुलुकमा एकता सहकार्य र विकास गर्नुपर्ने समयमा लोकतन्त्र सिध्याउन गंभिर षडयन्त्र भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफु आदेश र परमादेशबाट बाहिरिनु परेको बताउनुहुँदै जनताले फैसल्ला दिने दिन त्यसको जवाफ दिने बताउनुभयो । 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ०२ बजे