प्रधानमन्त्रीको सपथग्रहण बेलुका ६ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आज बेलुकी ६ बजेका लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले चक्रपथलाई जानकारी गराउनुभयो ।
 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  २ : ०६ बजे