सुनको मूल्यमा नयाँ कीर्तिमान

युवा संघले  ‘युथ फोर्स’ व्यूँतायो, क्षितिज थेवे बने अध्यक्ष

काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन युवा संघले ‘युथ फोर्स’ व्यूँताएको छ । 

वाईसीएलको दादगिरीलाई प्रतिवाद गर्न एमालेले २०६५ जेठमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन भएको थियो । बस्नेत पछि युथ फोर्सको अध्यक्ष चन्द्र लामा हुनुहुन्थ्यो । अहिले किरण पौडेल अध्यक्ष रहेको संघले पुरानै शैलीमा काम गर्ने गरी युथ फोर्स व्यूँताएको घोषणा गरेको छ । पौडेलले क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको घोषणा गरिएको जानकारी दिनुभयो ।

युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले प्रतिवाद गर्ने र स्वयंसेवकको रूपमा भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ५६ बजे