सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानमन्त्रीको शपथ लिँदै देउवा, अर्थमन्त्रीमा कार्कीको सम्भावना 

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई केहीबेरमै नियुक्ति गर्ने तयारी गर्नुभएको छ । राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालका अनुसार केही बेरमा नै राष्ट्रपतिले देउवालाई नियुक्ति गर्ने तयारी छ । नियुक्ती लगत्तै देउवाले  आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने हुनुभएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्ने परमादेश दिएसँगै आज साँझ उहाँले राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिदै हुनुहुन्छ । 

राष्ट्रपति भवन शितल निवासमा विशेष कार्यक्रमको आयोजना गरी देउवालाई प्रधानमन्त्रीको शपथ गराउने तयारी भएको स्रोतले जनाएको छ । देउवाले आफ्नो मन्त्रीमण्डलमा अर्थमन्त्रीमा नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीलाई ल्याउने प्रबल सम्भावना रहेको छ । मन्त्रीमण्डलमा  रामचन्द्र पौडेल समूह, सिटौला समूहको पनि सहभागिता हुने बुझिएको छ । 

त्यसैगरि माओवादी केन्द्रबाट जनार्दन शर्माको नेतृत्वमा पम्फा भुषाल, देवेन्द्र दाहाल लगायतको चर्चा छ । जनता समाजवादीको उपेन्द्र समुहबाटपनि सरकारमा सहभागी हुनेको लिस्ट तयार भइरहेको बुझिएको छ । गठबन्धनमा मन्त्रीका आकाङ्क्षी बढ्दै गएकाले आज सानो मन्त्रिपरिषद् बनाउने योजनामा देउवा रहेको बताइन्छ । 
 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : २१ बजे