सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे सहमति अनुमोदन गर्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिठी बैठक आज दिउसो १ बजेको लागि बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बैठक बोलाउनु भएको हो । 
 यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो ।

आज बस्ने स्थायी कमिटी बैठकले सर्वोच्व अदालतपछिको पार्टीको आधिकारिक धारणा तय गर्ने छ भने केन्द्रीय कमिटी बैठकको मिति तयसमेत गर्ने  छ । आजको बैठकमा माधव पक्षका नेताहरु पनि सहभागी हुने र विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन हुने बताइएको छ । माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्वको फैसल्लाको भोलीपल्ट बस्ने एमालेको बैठकले असाधारण निर्णय लिने  बताउनुभएको थियो । सर्वोच्व अदालतको फैसल्ला पछि बस्न लागेको एमाले स्थायी कमिटिको बैठकलाई धेरै चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : २५ बजे