‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सिम्फोनीका मोबाइल फोनहरु बजारमा 

काठमाढौँ । बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । 

बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रा.लि.ले नेपाली बजारमा उपलब्ध गराएको हो । 

सिम्फोनी ब्राण्डका पाँच स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी Z-18, Z-28, Z-32, Z-30Pro र Z-40  स्मार्टफोन सार्वजनिक गरेको छ । 

कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षाका लागि उपयुक्त विशेषताहरु सहितका रहेका छन् । 

यी फोनहरु बजेट मूल्यमा अनलाइन कक्षाको लागि उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ ।

कम्पनीका सेल्स म्यानेजर र मार्केटिङ म्यानेजरद्वय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताउनुभयो ।

''हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौं,'' सेल्स म्यानेजर र मार्केटिङ  म्यानेजरद्वय चालिसे तथा बस्यालले भन्नुभयो। 

उहाँरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पुर्ण सेवा दिन तयार रहेको बताउनुभयो  । 

यसका साथै ग्राहकले कम्पनीबाट मोबाइल सेटमा एक बर्षे वारेटी अनि ब्याट्री र चार्जरमामा पनि एक बर्षे वारंटी पाउनु हुन्छ। 

आगामी दिनमा सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ३६ बजे