काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल विपक्षी गठबन्धनबाट अलग हुनुभएको छ ।
सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ भन्दै नेपाल पक्ष विपक्षी गठबन्धनबाट बाहिरिएको हो। सोमबार बसेको गठबन्धनको बैठकमा नेता नेपालले परिस्थिति फेरिएका कारण गठबन्धनमा बस्ने अवस्था नरहेको जानकारी गराउनुभएको थियो ।
नेपाल पक्ष दोस्रोपटक प्रतिनिधि सभा विघटन भएपछि विपक्षी गठबन्धनमा थियो ।
प्रकाशित मिति : २८ असार २०७८, सोमबार ८ : ५१ बजे
प्रतिक्रिया