नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रणबाट थप एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर-५ की ४५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट बाँके जिल्लाका मात्र मृत्यु ८७ जनाको भइसकेको छ भने बाहिरी जिल्लाका १०४ जनाको मृत्यु भएको छ । ।
प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ११ : ०० बजे
प्रतिक्रिया