‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चीनले सबै नेपाली जनताले खोप लगाएको हेर्न चाहेको छ : राजदूत याङ्छी

काठमाडौँ । नेपालका लागि चीनका राजदूत हाउ याङ्छीले  कोरोना सङ्क्रमण विरुद्ध लड्न चीनले नेपाललाई आगामी दिनहरूमा थप खोपहरू प्रदान गर्ने बताउन भएको छ । 

चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्नुहुँदै राजदूत राजदूत याङ्छीले चीनले सबै नेपाली जनताले खोप लगाएको हेर्न चाहेको र त्यसका लागि चीनले थप खोप प्रदान गर्ने विश्वास दिलाउनुभयो  । 

उहाँले चीनले नेपाललाई हालसम्म १८ लाख खोप अनुदानमा उपलब्ध गराएको र नेपाल सरकारले थप ४० लाख मात्रा खोप खरिद गरिसकेको जानकारी दिनभयो । 

राजदूत याङ्छीले हाल चीनमा कोरोना विरुद्धको १० वटा खोप प्रचलनमा रहेको मध्ये दुई खोपलाई विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिइसकेको समेत जानकारी दिनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको १०० वर्ष पुगेको  अवसरमा सम्बोधन गर्नुहुँदै  राजदूत यान्छीले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको मात्र नभई विश्वका सबै मानिसहरूको समृद्धि चाहेको बताउनुभयो ।

राजदूत यान्छीले कोरोना महामारीविरुद्ध लड्न चीनले विश्वका एक सय २० भन्दा बढी देशहरूलाई गरेको सहयोग चिनियाँ कम्युनिष्ट पार्टीको सहयोगी भावना अन्तर्गत भएको पनि बताउनुभयो । उहाँले जनतालाई अग्र स्थानमा राखी मार्क्सवादलाई चिनिया परिवेश अनुकूल प्रयोग गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टीको सुखद पक्ष रहेको पनि उल्लेख गर्नुभयो । चीनका राष्ट्रपति सि जिङपिङले चीनको  विकास र समृद्धिलाई अरू विकासशील राष्ट्रहरूमा पनि विस्तार गर्न बेल्ट एन्ड रोडको अवधारणा ल्याउनुभएको उल्लेख गर्नुहुँदै राजदूत यान्छीले सो अवधारणाले गरिबी, विश्वव्यापी मौसम परिवर्तन र एक पक्षीय विश्वव्यापीकरण लगायतका समस्याहरूको समाधान खोजेको पनि बताउनुभयो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : १२ बजे