सुनको मूल्यमा नयाँ कीर्तिमान

सर्वोच्च अदालतको फैसला : प्रतिनिधि सभा पुनर्स्थापना

काठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । संवैधानिक इजलासले दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस बदर गरेको हो ।

गत जेठ ७ गते  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । इजलास शुरु हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचै जना न्यायाधीशको मत सुनाउँदै रिट निवेदकको पक्षमा आदेश जारी भएको बताउनुभएको हो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : २५ बजे