साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वार्तामा सहभागी हुँदै इजरायली जासूस प्रमुखहरू

इजरायलका जासूस प्रमुखहरू बिहीबार (आज) दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएको छन् ।

“प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भोलि दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ,” बुधबार जारी एक विज्ञप्तिमा भनिएको छ । इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले एएफपीलाई बताउनुभयो ।

प्यालेस्टिनी लडाकू समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन ।

हमासका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई भन्नुभयो, “मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।” 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ९ : २६ बजे