‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मुलुकले शान्तितर्फको निष्कर्षमा फड्को मारेको ओलीको उद्घोष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएसँगै यो विषय मुलुकलाई शान्तितर्फको बाटोमा हिँडाउने ठुलो फड्को भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाबाट टिआससी विधेयक बुधबार सर्वसम्मतिले पारित भएपछि सामाजिक सञ्जालको आफ्नो पेजमा टिप्पणी गर्दै ओलीले अब केही समयपछि द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाले निष्कर्ष पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ–

लामो समयसम्म हाम्रो समाजले सशस्त्र द्वन्द्व भोग्यो । त्यस दौरानमा कयौँको ज्यान गयो, कयौं बेपत्ता भए, कयौँका अंगभंग भए । त्यस द्वन्द्वलाई अन्तिम टुंगोमा पु-याउने काम आज प्रतिनिधिसभाको बैठकले गरेको छ । प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक करिब सर्वसम्मतिले पारित भएसँगै अब केही समयपछि द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी आयोगमार्फत हाम्रो शान्ति प्रक्रियाले निष्कर्ष पाउनेछ । हेर्दा सामान्य लागे पनि मुलुकलाई शान्ति तर्फको बाटोमा हिँडाउन यो ठुलो फड्को हो । यसलाई निष्कर्षमा पु-याउन भूमिका खेल्ने राजनीतिक दल र प्रतिनिधिसभा सदस्यज्यूहरूलाई धन्यवाद ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ६ : ३८ बजे