‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।

सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

आज बसेको बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गर्नुभएकाे हाे । 

 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ५ : २२ बजे