साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेप्से परिसूचक ३४ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १ दशमलव १७ प्रतिशतले बढेर २ हजार ९५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।

आज ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर २ लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा रु. २३ अर्ब ४३ करोड ५  लाख ८१ हजार १५० बराबरको कारोबार भएको छ ।

जीवन बीमा समूह ० दशमलव ०८, लघुवित्त ० दशमलव ७० र म्युचुअल फन्ड ० दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ७ दशमलव ६७ प्रतिशतले बढेको छ । 

बैंकिङ ० दशमलव ७२, विकास बैंक ३ दशमलव ०७, होटल तथा पर्यटन २ दशमलव ३७, जलविद्युत् १ दशमलव ९१, लगानी २ दशमलव ४९, उत्पादन तथा प्रशोधन ० दशमलव ६४, निर्जीवन बीमा ० दशमलव ७४, व्यापार ० दशमलव ३९ र अन्य समूह ० दशमलव ८३ प्रतिशतले बढेको छ ।

आज नौ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ८६ करोड ५८ लाख ५८ हजार ३०७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार १७२ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : ४६ बजे