साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रूसद्वारा बेलगोरोड क्षेत्रमा संकटकाल घोषणा

मस्को । रूसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै  क्षेत्रीय संकटकाल  घोषणा गरेको छ ।

अधिकारीहरूले आपतकालीन स्थितिलाई संघीय स्तरमासमेत बढाउने विचार गरिरहेको  यस क्षेत्रका संकटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले बुधबार टेलिग्राममार्फत जानकारी दिनुभएको हो ।  

उहाँका अनुसार द्विपक्षीय द्वन्द्वका कारण बेलगोरोड क्षेत्रको अवस्था अत्यन्त तनावपूर्ण रहेको छ । युक्रेनी सशस्त्र बलले निरन्तर गोलाबारी गर्दा त्यस क्षेत्रका घरहरू ध्वस्त हुनुका साथै केही नागरिकको मृत्यु तथा केही घाइते भएका छन् ।  

जनतालाई थप सुरक्षा प्रदान गरी प्रभावितहरूलाई थप सहयोग प्रदान गर्न आजदेखि सम्पूर्ण बेलगोरोड क्षेत्रमा संकटकालीन अवस्था घोषणा गरिएको छ, टेलिग्राममार्फत् जारी विज्ञप्तिमा उहाँले भन्नुभयो । 

क्षेत्रीय सरकारले संघीय  स्तरमा संकटको घोषणाका लागि अनुरोध गर्न संघीय आयोग समक्ष चाँडै अपिल गर्ने तयारीसमेत गरिरहेको गभर्नर ग्लेडकोभले बताउनुभयो । 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : ०७ बजे