‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अरनिको राजमार्गलाई सुरक्षित बनाउन मन्त्री दाहालको निर्देशन 

​​​​​​​सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अरनिको राजमार्गलाई जोखिमरहित र सुरक्षित बनाउन निर्देशन दिनुभएको छ ।

मंगलबार मन्त्रालयका अधिकारीहरूसहित सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका लागि पुग्नुभएका मन्त्री दाहालले निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाई निर्माणलाई तीव्र बनाउन निर्देशन दिनुभयो । 

कतिपय पुल निर्माणको कार्यमा ढिलासुस्ती देखिएको भन्दै अवरोध र समस्याको समाधान गरी नागरिकले सहजताको महसुस हुने गरी सडकलाई व्यवस्थित बनाउन उहाँले निर्देशन दिनुभएको हो ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित पुग्नुभएका मन्त्री दाहालसमक्ष स्थानीयले बाढी पहिरोको उच्च जोखिम रहेको सिन्धुपाल्चोकका बस्तीलाई सुरक्षित बनाउन र सडक सञ्चालन सहज बनाउन माग गरेका थिए । 

स्थानीय जनप्रतितिनिधिहरूले समेत बारम्बार पहिरोले सडकमा क्षति पु¥याउने भएकाले स्थानीय स्रोत साधनले मर्मत र सुरक्षा गर्न कठिन भएको भन्दै मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

अनुगमन तथा निरीक्षण टोलीमा रहनुभएका संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख ज्ञानेन्द्रकुमार झाले सुनकोशी खाडीचौरको पुल बनाउन जग्गा तथा मुआब्जाका कारण केही ढिलाइ भएको बताउनुभयो । यस्तै खागदल खोलामा बेलिब्रिजका लागि ठेक्का लागि सकेकाले चाँडै नै पूरा हुने उहाँको भनाइ थियो । 

स्थानीयवासीले सुनकोशी खोलामा निर्माणाधीन पुल निर्माणमा ढिलाइ भइरहेको भन्दै पुल तथा सडकका संरचना निर्माणलाई गति दिन माग गरेका थिए । 
 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ११ : १५ बजे