‘एउटै नाउरको सिकार गर्न २३ लाख’

संसद बैठक बस्दै, संक्रमणकालीन विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

संसद् भवन नयाँ बानेश्वरमा बस्नेआजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची  छ । 

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पनि मन्त्री चौरसियाले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ५७ बजे