सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला आज हुँदै 

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकिएको छ  । 

सर्वोच्च अदालतले पक्ष, विपक्ष तथा एमिकस क्युरीको रायसमेत सुनेपछि असार २१ गते रिटलाई हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकेको थियो । सम्भवतः सर्वोच्चले रिटमा अन्तिम आदेश आज नै गर्ने छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म रिटको निरन्तर सुनुवाइ भएको थियो । 

निरन्तर सुनुवाइ सकिएपछि न्यायाधीशबीच आवश्यक परामर्श र अन्तिम आदेश तयारीका लागि एक साताको समय राखेर हेर्दाहेर्दैमा आजका लागि पेसी तोकिएको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा दिइएको छ  ।

निरन्तर सुनुवाइका क्रममा निवेदक पक्षले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेको छ । यस्तै विपक्षीले भने विघटन संवैधानिक दायित्व पूरा गरेकाले बदर हुनु नपर्ने जिकिर गरेको छ । साथै अदालतले कुनै पनि अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन नमिल्ने तर्क पनि विपक्षीको छ ।

सर्वोच्चले विघटन बदर गरेमा प्रतिनिधिसभा पुनस्र्थापना हुनेछ । साथै अदालतले बदरसँगै प्रधानमन्त्री चयन प्रक्रियाको अन्योलबारे पनि स्पष्ट आदेश गर्ने अपेक्षा गरिएको छ । 

प्रतिनिधिसभा विघटन सदर भएमा निर्वाचन प्रक्रिया अगाडि बढ्ने छ । निर्वाचन आयोगले आगामी कात्तिक र मङ्सिरमा दुई चरणमा निर्वाचन गर्ने गरी कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : २१ बजे