‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमाले सुदूरपश्चिम प्रमुख सचेतकमा चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर चयन

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन हुनुभएकाे छ ।

मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहनुभएकाे थियो । पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिनुभयाे।

  

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : ४२ बजे