पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध 

मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । 

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ । 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ०१ बजे