‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिक फिर्ता

विराटनगर । विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ।

हरीका अनुसार एक पुरुष र एक जना वृद्धा महिलालाई फिर्ता पठाइएको हो। भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई दिउँसो १२:४५ बजेतिर फिर्ता पठाइएको मोरङ प्रहरीले जनाएकाे छ । 

उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोज्दै गर्दा प्रहरीले रिजाउल र बेगमलाई फेला पारेको थियो। दुवै जनालाई विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट भारततर्फ नै फिर्ता पठाइएको हाे

विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको यो दोस्रो घटना हो। यसअघि नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो। 

बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।  

बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनको भनाइ छ। कडाइ गर्नका लागि नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : ५१ बजे