संसदीय सनुवाई समितिले गर्‍यो प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले १७ देशका लागि प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

मंगलबार बसेको सुनवाई समितिका बैठकले १७ जना प्रस्तावित राजदूत विरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।

आजको बैठकको निर्णय अनुसार समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिनुभयाे ।

उहाँका अनुसार भोलिको गोरखापत्र दैनिकमा उजुरी आह्वान सहितको सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने पनि जानकारी दिनुभयाे । 

उहाँका अनुसार संसद सचिवालयमा स्वयं उपस्थित भएर वा अन्य माध्यमवाट उजुरी दिन सकिने जानकारी दिनुभयाे । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : ३१ बजे