‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि दलित अभियन्ता सुनार पक्राउ

काठमाडौँ । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झन्डै अढाई/दुई किलोको साङलो बाँधेर प्रतीकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो । 

बानेश्वरस्थित संसद् भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ।

उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । तर, आज उनी निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेपछि सुनारलाई पक्राउ गरिएको हो । 
 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : ०९ बजे