‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मौरिससमा ‘ग्रिन कार्ड’को प्रलोभन देखाएर महिला बेचबिखन, एक जना पक्राउ

काठमाडौं ।  ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पु-याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो ।

न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पु-याएको पीडितको उजुरीमा उल्लेख छ । 

पीडितबाट रु दुई लाख ५० हजार लिई वि.सं २०८० मंसिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पु-याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ४३ बजे