साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

ढाका । बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११ दशमलव ६६ प्रतिशत पुगेको छ । यो बंगलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धिदर रहेको बंगलादेशको तथ्यांक  विभाग (बीबीएस) ले सोमबार जनाएको छ।
 
मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मूल्यवृद्धिदर अस्वाभाविक रूपमा बढेको विभागको तथ्यांकले  जनाएको छ  । 

गत जुन महिनामा मूल्यवृद्धि दर ९ दशमलव ७२ प्रतिशत रहेको बीबीएसको तथ्यांकले देखाएको छ । बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४ दशमलव १० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । 

यसै गरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १० दशमलव ४२ प्रतिशत थियो । गैर–खाद्य पदार्थको मूल्यवृद्धिदर पनि जुनमा ९ दशमलव १५ प्रतिशतबाट बढेर जुलाईमा ९ दशमलव ६८  प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मूल्यवृद्धिदर बढेर ९ दशमलव ७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्यभन्दा धेरै हो ।

तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बंगलादेशको मूल्यवृद्धिदर ९ दशमलव ०२ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : १८ बजे