‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमालेभित्र कठोर बन्दै अनुशासन आयोग, सदस्यको आचरणमा कडा निगरानी  

काठमाडौँ । नेकपा (एमाले) को विशेषता भनेको नेता र कार्यकर्ता सरल, नैतिकवान्, चरित्रवान् र जनपक्षीय हुनु हो । तर अहिले त्यो क्रमशः हराउँदै गएपछि एमालेको १० औं महाधिवेशनबाट निर्वाचित अनुशासन आयोगले नेताका दैनिक व्यवहारलाई निगरानी गरी कारबाहीको सिफारिस गर्ने भएको छ । 

पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली, आचारण र व्यवहार जनपक्षीय र पारदर्शी र नैतिकवान हुनुपर्दछ भन्ने कुरा एमालेको गत वैशाख ८ देखि १० गतेसम्म भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले पारित गरेको हो । हो त्यही अनुसार अहिले पार्टीका नेताको नैतिक आचरणमा विचलन देखिएकोले पार्टीको अनुशासन आयोगले त्यस्ता नेतालाई कारबाहीको प्रक्रिया थालेको छ । 

एमालेले यसै क्रममा आयोगले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गर्न सिफारिस गरिसकेको छ । 

आयोगले पार्टीको विचार, आचारण र व्यवहारमा तलमाथि हुनासाथ पार्टीले त्यस्ता नेतालाई अहिले निगरानी गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि नैतिक पतन, खराब आचारण र यौनहिंसामा संलग्न हुने नेतालाई कारबाहीका लागि सिफारिस गर्न आग्रह गर्नुभएको छ । 

परिषद् बैठकमा पनि महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदनमा दफा १५ को  (छ) मा अनैतिक तथा भ्रष्ट, आचारण र अनुशासनहीन क्रियाकलापमाथि नियन्त्रण गर्ने उल्लेख छ । प्रतिवेदनमा समाज परिवर्तन र रुपान्तरणको धेय र उद्देश्य बोकेको पार्टीका नेता तथा कार्यकर्ता नैतिकवान् र अनुशासित हुन अनिवार्य भनिएको छ । 

प्रतिवेदनमा अगाडि भनिएको “पछिल्लो समय हाम्रो पार्टीका नेता र कार्यकर्ताका बारेमा सार्वजनिक रूपमा टिकाटिप्पणी सुनिने तर त्यसका बारेम कुनै प्रकारको सुनवाइ नभइरहेको अवस्था देखिन्छ ।

यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइँदा इमान्दारहरू पीडित हुने र कमजोरी गर्नेहरू छुट पाउने स्थिति सिर्जना हुन जान्छ । अब त्यस्तो स्थितिको अन्त्य गरिनुपर्दछ । कसैका बारेमा पनि नैतिक प्रश्न गम्भीर आशंका पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्दछ ।”

आयोगका सचिव भरत पहाडीले हरेक नेताको आचारण सुधार गर्नुपर्ने बताउनुहुन्छ । नेताको विचार,आचारण र व्यवहारमा समस्या देखिए आयोगले हस्तक्षेप गर्ने बताउनुभयो । सामाजिक जीवनमा आफ्नौ नैतिक आदर्शलाई स्थापित गर्दै जानुपर्ने छ । 

“पार्टीमा जसजसले विचार, आचारण र व्यवहारमा कमजोरी गर्दछन् तीमाथि छानबिन हुन्छ र पार्टीलाई आवश्यक कारबाहीका लागि सिफारिस गर्दछौ,” उहाँले भन्नुभयो । 

उहाँले पार्टीका नेताहरू समाजमा उदाहरणीय बन्नुपर्ने पार्टीको नीति रहेको बताउनुभयो । १० औ महाधिवेशनपछि पार्टी अध्यक्ष ओलीले पनि नेताको आचारण र व्यवहारमा अलि गम्भीर रूपमा लिनुभएको छ ।

“पार्टीलाई अगाडि बढाउनका लागि हरेक तह नेताहरू नैतिक आचारण प्रष्ट र व्यवहारमा पनि रोलमोडल हुनुपर्दछ भन्ने पार्टीको नीति रहेको छ । त्यो गरे मात्र समाजलाई बलल्ने हो । होइन भने बदल्न सकिँदैन,” उहाँले भन्नुभयो, “त्यही भएर अनुशासन आयोग अलि कडाइका साथ नेताहरूको नैतिक आचरणमा निगरानी गरिरहेको छ ।”

उहाँका अनुसार आयोगमा पार्टीका नेता विरुद्ध सयौँ उजुरी दर्ता भएका छन् । “उनीहरूको राजनीतिक जीवनबाट कमजोर बनाउने होइन । उनीहरूको राजनीतिक जीवन सच्चाउनका लागि हामीले ती उजुरीमाथि कारबाही गर्दछौ,” उहाँले भन्नुभयो, “तिम्रा यी यी कमजोरी सच्चिएन भने तिमीहरूको राजनीतिक जीवन कमजोर हुन्छ, भन्छौ ।”

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ३४ बजे