काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै नेपाली बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन रु एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो ।
चाँदीको मूल्यभने स्थिर छ । आज प्रतितोला चाँदी रु. १ हजार ७४० मा कारोबार भइरहेको महासंघले बताएको छ ।
प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार १२ : २२ बजे
प्रतिक्रिया