‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै आउँछ : मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी हुने बताउनुभएको छ । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

मन्त्री चौधरीले भन्नुभयो, “निकट भविष्यमै राष्ट्रिय युवा नीति, २०८१ जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सकेसम्म भदौ महिनाभित्रै ल्याउने जानकारी गराउन चाहन्छु ।” 

उहाँले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली युवाहरूको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताउनुभयो । 
मन्त्री चौधरीले सिर्जना, क्षमता र साहसको स्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षादीक्षा, जलवायु लगायतका महत्त्वपूर्ण विधामा भएको रूपान्तरणलाई आत्मसात गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको बताउनुभयो । 

“सिर्जना, क्षमता र साहसको स्रोत मान्ने युवा वर्गलाई समयमै रोजगारी, सञ्चार, खाद्यान्न, शिक्षादीक्षा, जलवायु लगायतका महत्त्वपूर्ण विधामा भएको रूपान्तरणलाई आत्मसात गरी नवीनतम र सिर्जनात्मक प्राविधिक ज्ञानको प्रयोग गर्नुपर्ने अवसर र चुनौती थपिएको छ,” उनले भने । 

उनले दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरू, आर्टिफिसियल इन्टलिजेन्समा भएको विकासका महत्त्वपूर्ण साधन बनेको बताउनुभयो । उहाँले समृद्ध नेपालका लागि युवा र प्रविधिको उत्तम प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “दिगो विकासका लक्ष्य प्राप्तिका लागि माबोइल, उपकरण, डिजिटल प्लेटफर्महरू, आर्टिफिसियल इन्टलिजेन्समा भएका विकासका महत्त्वपूर्ण साधन बनेको छ । यसले आर्थिक, सामाजिक, वातावरणीय आयामहरूमा गहिरो प्रभाव पार्नुका साथै नीति निर्माणका लागि समेत आधार तय गर्दै गएको छ ।’

मन्त्री चौधरीले युवा तथा खेलकुद मन्त्रालयले नीतिगत रूपमा लिँदै आएको नेतृत्वदायी र समन्वयकारी भूमिकाबाट युवा उद्यमशीलतामा जोड दिनुभयो । उहाँले नेपाली युवाहरुको समस्या पहिचान र समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ५२ बजे